दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Saturday, 22 August 2020

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

लहान, ६ भदौ : मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । 

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो । स्वाब सङ्कलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उहाँको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनुभयो । उहाँको कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको प्रमुख यादवको भनाइ छ । योसँगै सिरहामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि सिरहाको गोलबजार नगरपालिका १२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका­१ का ४० वर्षीय युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.