दलदलमा फसेर गैंडा मृत अबस्थामा फेला - pharaksandesh.com

मुख्य समाचार


Saturday, 22 August 2020

दलदलमा फसेर गैंडा मृत अबस्थामा फेला

चितवन, ६ भदौ : चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलको दलदलमा फसेर एउटा गैंडा मरेको छ । 

राप्तीको जोतुवा घाट नजिकै राप्तीदुन सामुदायीक वनको घोलको दलदलमा फसेर आज एउटा गैंडा मृत अबस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालका अनुसार अन्दाजी ७ वर्षको पोथी गैंडा मृत अबस्थामा फेला परेको हो । 

चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेको यो दोस्रो गैंडा हो । यसअघि राप्ती नदीमा नै एउटा गैंडा मृत अबस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २६ गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ । 

ईनारमा डुबेर वृद्धको मृत्यु
पश्चिम चितवनमा ईनारमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका—२७ का ८७ वर्षीय डिल्लीराम आचार्य रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ । कार्यालयका अनुसार आचार्य घर छेउमा रहेको ईनारमा आज दिउँसो २ः३० वजे डुवेको अवस्थामा भेटिएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.