खोलाले बगाएर र करेन्ट लागेर झापामा दुईको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Thursday, 20 August 2020

खोलाले बगाएर र करेन्ट लागेर झापामा दुईको मृत्यु

झापा, ४ भदौ : पौडीले खेल्ने र करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा गाउँपालिका–२ का १५ वर्षीय राजु भण्डारी र कमल गाउँपालिका–२ का २२ वर्षीय विशाल रिजाल रहेको प्रहरीले जनाएको छ । 

भण्डारी बुधबार साँझ ७ बजे सानो माइ खोलामा पौडी खेल्ने क्रममा खोलाले बेपत्ता भएका थिए । उनलाई आज बिहान प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विपद् व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले उनलाई बगाएको स्थानभन्दा करिब ५ मिटर दक्षिणमा फेला पारेको थियो । मृतक भण्डारी फेला परे पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

उहाँका अनुसार झापामा वर्षात शुरु भए यता मात्र डुबेर र खोलाले बगाएर मर्नेको सङ्ख्या १३ जना नाघिसकेको छ । त्यसैगरी करेन्ट लागेर कमल गाउँपालिका– २ का २२ वर्षीय विशाल रिजालको मृत्यु भएको छ । स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.