अध्यागमन विभागका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेक सेवा बन्द - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

अध्यागमन विभागका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेक सेवा बन्द

काठमाडाैँ, २६ साउन : काठमाडौँको कालिकास्थानमा रहेको अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिनुभयो ।

महानिर्देशक केसीले विभागका सबै ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा एक जना कर्मचारीमा मात्र पोजिटिभ रिपाेर्ट प्राप्त भएकाे बताउनुभयो ।

त्रिभुवन विमानस्थल अध्यागमन विभागको काम भने नियमित चलिरहेको महानिर्देशक केसीले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.