खोलाले बगाएर एक महिला बेपत्ता - pharaksandesh.com

मुख्य समाचार


Friday, 7 August 2020

खोलाले बगाएर एक महिला बेपत्ता

म्याग्दी, २३ साउन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा अन्नपूर्ण–५ पाउद्धारकी अन्दाजी ५५/५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो । 

उहाँका अनुसार घारबाट पाउद्धारतर्फ जानका लागि खोला तर्ने क्रममा बेपत्ता भएकी परियारको खोजी जारी छ । घार प्रहरी चौकीबाट खटिएका प्रहरीसहित स्थानीयवासीले खोजी गरेका थिए । शुक्रबार बिहानैदेखि बेपत्ताको खोजीकार्यलाई निरन्तरता दिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।

सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता
डोटी– पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिनुभयो । 

पौडी खेल्ने क्रममा गाउँ नजिकैको सेती नदीमा बगेर उनी बेपत्ता भएका र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा एक महिनाको अवधिमै सेती नदीमा बगेर पाँच जनाको ज्यान गइसकेको छ । वर्षात्को समयमा सेती नदीमा पानीको बहाब बढ्ने भएको सावधानी नअपनाउने गरेका कारण नदीमा पौडी खेल्न जानेहरु बगेर बेपत्ता हुन थालेको स्थानीयवासी बताउँछन् । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.