काठमाडाैँ, १९ साउन : सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मी मध्ये एक जनाको शव फेला परेको छ । बेपत्तामध्ये डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा आइतबार साँझ फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थल भन्दा निकै टाढा जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयाे । उहाँका अनुसार अर्का बेपत्ताको भने खोजी कार्य भइरहेको छ ।
शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनार गहनानमा नुहाउन गएका चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो ।
डडेल्धुरा अस्पतालमा कार्यरत चारैजना बिहानै शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए । मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो । बगेका मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरी बचाएका थिए भने हरिश जोशी र बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनय सिंह बेपत्ता भएका थिए । बेपत्ता भएका स्वास्थ्यकर्मीलाई सात जना शसस्त्र प्रहरीको गोताखोर टिमले खोजीरहेको छ ।

No comments:
Post a Comment