![]() |
| सांकेतिक तस्वीर |
सिन्धुपाल्चोक, १९ साउन : मेलम्ची नगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन कभर्ड हल पहिरोले पुरिँदा ७ जनाकाे मृत्यु भएकाे छ । एक जना पहिरोले पुरिँदा बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता हुनेहरुमा केही स्थानीय र केही पर्साका मजदुर रहेको प्रहरीले बताएको छ । बन्दै गरेको कभर्ड हल सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी काफ्लेले जानकारी दिनुभयाे ।
घाइते ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उहाँले बताउनुभयाे । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिनुभयाे ।

No comments:
Post a Comment