रकम असुलेको आरोपमा पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 15 August 2020

रकम असुलेको आरोपमा पक्राउ

कैलाली, ३१ साउन : भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको बताईएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.