सप्तरीमा काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएका ३ जनाकाे मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 5 August 2020

सप्तरीमा काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएका ३ जनाकाे मृत्यु

सप्तरी, २१ साउन : सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ ।

राजविराजकाे छिन्नमस्ता अस्पतालमा उपचारकाे क्रममा दुई जनाको र उपचारकाे लागि धरान लैजाँदै गर्दा एक जनाकाे बाटोमै मृत्यु भएको जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताउनुभयो ।

मलेसियाबाट आएर होम क्वरेण्टीनमा बसेका रुपनी गाउँपालिका ५ गढियाका पुरुष, राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचाररत डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ८० वर्षीय पुरुषको ज्यान गएको हो ।

उनीहरुको स्वाब सङ्कलन गरी पठाइएको प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.