काठमाडाैँ, २६ भदौ : पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयमा अनुसार आज १० हजार ७ सय १ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ८ लाख २१ हजार एक सय ८६ जनाको पीसीआर परीक्षण गरिएकोमा ५१ हजार ९ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ७२ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज ९ सय ७२ जना कोरोना संक्रमबाट मुक्त भएसँगै कोरोना संक्रबाट मुक्त भई घर फर्किनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।
आज कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३२२ पुगेकाे छ ।

No comments:
Post a Comment