काठमाडौँ उपत्यकामा ६९६ जना संक्रमित थपिए - pharaksandesh.com

मुख्य समाचार


Friday, 11 September 2020

काठमाडौँ उपत्यकामा ६९६ जना संक्रमित थपिए

काठमाडौँ, २६ भदौ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयमा अनुसार आज काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ गरी काठमाडौँ उपत्यकामा ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे। 

पछिल्लो २४ घण्टामा देशभरबाट १० हजार ७ सय १ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । एकैदिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने यो संख्या अहिलेसम्मकै धेरै हो । आज संक्रमति हुनेमा ४ सय ६३ जना महिला र ९ सय ९१ जना पुरुष छन् । नेपालमा हालसम्म ८ लाख २१ हजार १ सय ८६ जनाको पीसीआर परीक्षण गरिएकोमा ५१ हजार ९ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ९ सय ७२ जना जना कोरोना संक्रमबाट मुक्त भएसँगै कोरोना संक्रबाट मुक्त भई घर फर्किनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज १ महिला र ४ पुरुष गरी ५ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । आज मोरङमा एक महिलाको निधन भएको छ भने महोत्तरी, धनुषा, काठमाडौँ र नवलपरासीका एक एक जना पुरुषको निधन भएको हो । मन्त्रालयका अनुसार देशभर १७० जनाको आइसियुमा र २५ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । स्वास्थ्य मन्त्रालयका अनुसार, हाल, नेपालमा १४ हजार ९ सय २५ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ६ हजार ७८ जना क्वरेण्टीनमा छन् । 

यसैवीच पछिल्लो समय कोरोनाको महामारीको मर्म नबुझि कोरोना केहि पनि होइन भन्ने खालका भ्रमहरु सृजना गरेर रोगको रोकथाम र नियन्त्रणमा ठूलो चुनौति खडा गरेको भन्दै त्यस प्रकारका गलत तर्कहरुप्रति चनाखो भई आफ्नो टोल, छिमेकलाई सक्रमण मुक्त बनाउने अभियानमा लाग्न मन्त्रालयले अनुरोध गरेको छ । यसरोगको नियन्त्रण, रोकथामकालागी अपनाउनु पर्ने जनस्वास्थ्यका मापदण्ड विरुद्धका नकारात्मक टिप्पणी तथा अभिव्यक्तिहरु कसैले पनि नदिन र सचार माध्यमहरुले पनि यस किसिमका भ्रमहरु प्रचार प्रसार नगरि यस रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि खटिरहेको बर्तमान परिप्रेक्षमा सवैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्नेगराउने वातावरण बनाउनु हुन स्वास्थ्य तथा जनसख्या मन्त्रालयले अनुरोध गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.