डा. गोविन्द केसीको १९ औं अनशन जुम्लामा सुरु - pharaksandesh.com

मुख्य समाचार


Monday, 14 September 2020

डा. गोविन्द केसीको १९ औं अनशन जुम्लामा सुरु

जुम्ला, २९ भदौ : डा. गोविन्द केसीले १९ औं अनशन जुम्लाबाट सुरु गर्नुभएको छ ।

जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उहाँको १९ औं सत्याग्रह जुम्लामा सुरु भएको हो । केसीले २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वनसहित केही स्थानीय माग राख्नुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने सहित ६ बुँदे माग उहाँको छ ।

उहाँले यस्तै गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउनसमेत माग गर्नुभएको छ । 

उहाँले १६ औँ सत्याग्रह पनि जुम्लाबाट सुरु गर्नुभएको थियो । यसअघि विभिन्न समयमा सत्याग्रह सुरु गर्ने भन्दै केसीले जुम्लामा तयारी गरिरहनुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.