काठमाडाैँ, २९ भदौ : पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५५ हजार ३ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ८ सय ७९ जनामा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ८ सय ७९ जना जना कोरोना संक्रमबाट मुक्त भएसँगै कोरोना संक्रबाट मुक्त भई घर फर्किनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।
आज कोरोना भाइरसको संक्रमणबाट १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ३६० पुगेकाे छ ।
आज कोरोना भाइरसको संक्रमणबाट १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ३६० पुगेकाे छ ।

No comments:
Post a Comment