अभिनेत्री कंगनाको कार्यालय तोडफोड विषयमा सुनुवाई हुँदै - pharaksandesh.com

मुख्य समाचार


Thursday, 10 September 2020

अभिनेत्री कंगनाको कार्यालय तोडफोड विषयमा सुनुवाई हुँदै

काठमाडाैँ, २५ भदौ : भारतीय अभिनेत्री कंगना रणावतको कार्यालय तोडफोडको विषयमा बिहीबार भारतीय उच्च अदालतमा सुनावाई हुँदैछ।

बुधबार बृहन्मुम्बई महानगरपालिका बिएमसीले कंगनाको अफिसमा डोजर चलाएको थियो। गैरकानुनीरूपमा भवन निर्माण गरेको भन्दै बिएमसीले कंगनाको कार्यालयमा तोडफोड गरेको थियो। सोही क्रममा कंगनाका वकिल रिजवान सिद्धिले उच्च अदालतमा निवेदन दिएका थिए।

अदालतले पनि बिएमसीको कारबाहीमा रोक लगाएर उक्त विषयमा बिहिबार अदालतमा सुनुवाई हुने बताएको थियो। अर्कातिर, कंगनाले आज आफ्नो कार्यालयमा गई त्यहाँ तोडफोडका क्रममा भएको नोकसानको बारेमा बुझ्ने बताइएको छ।

अभिनेत्री कंगनाले पनि महाराष्ट्रका मुख्यमन्त्री तथा शिव सेना पार्टीका प्रमुख उद्धव थाक्रेमाथि लगातार आलोचना गर्दै ट्वीट गरिरहेकी छिन्।

कंगनालाई आफ्नो कार्यालयमा भएको तोडफोडको सन्दर्भमा जाड्दै ट्वीटरमा लेखेकी छिन्, ‘यिनीहरूलाई नागरिक निकाय भन्नु हुँदैन। कमसेकम संविधान अनुसार भन्नुहुँदैन।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.