र्‍यापर रफ्तारलाई कोरोना संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Thursday, 10 September 2020

र्‍यापर रफ्तारलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैँ, २५ भदौ : भारतीय र्‍यापर रफ्तारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। इस्टाग्राममार्फत् उनले कोरोनाको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको जानकारी दिएका हुन्। बुधबार इस्टाग्राम स्टोरी राख्दै उनले संक्रमणको पुष्टि भएको बताएका हुन्।

‘एमटिभी रोडिज रिभोलुसन’ को सुटिङ लागि रफ्तारले कोरोनाको परिक्षण गरेका थिए। दुई पटक कोरोना परिक्षण गर्दा नेगेटिभ आएका रफ्तारको तेस्रो पटकको परिक्षणमा भने संक्रमण भएको पुष्टि भएको हो।

रफ्तारले इन्स्टाग्राममा भनेका छन्, ‘मैले रोडिजको सुटिङका लागि कोरोना परिक्षण गरेको थिए। दुई पटक नेगेटिभ आएपनि तेस्रो पटक मेरो रिपोर्ट पोजेटिभ आएको छ।’

आफूलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको उनले बताएका छन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.