काठमाडौँ, १४ असोज : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको संवद्र्धनमा टेवा पुग्नेगरी वित्तीय सेवा प्रदान गर्न बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ ।नेपाल राष्ट्र बैङ्कले गत असोज १३ गते जारी एकीकृत निर्देशन २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैङ्किङ क्षेत्रको समसामयिक विषयमा बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षसँगको बुधबार वेबिनारको अन्तक्र्रियामा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
गभर्नर अधिकारीले भन्नुभयो, “यतिबेला बैङ्क तथा वित्तीय संस्था नाफामुखी हुनुहुँदैन । आफ्नो व्यवसायलाई टिकाउनेतर्पm यहाँहरू केन्द्रित भइदिनुस् । ”
उहाँले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्पm कर्जा प्रवाह हुनसक्नेतर्फ सजग रहँदै मौद्रिक नीतिको कार्यान्वयनमा सहयोग पु¥याउन बैङ्कका सञ्चालक समितिका अध्यक्षहरूसँग आग्रह गर्नुभयो ।
कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी केन्द्रीय बैङ्कले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमा सहयोग पु¥याउन सहभागीलाई आग्रह गर्नुभयो ।
राष्ट्र बैङ्कले मर्जर÷प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर÷प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैङ्कका सञ्चालक समितिका अध्यक्षहरूसँग आग्रह गर्नुभयो ।
बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले भन्नुभयो, “अब ई–कमर्सलाई प्रवद्र्धन गर्ने किसिमका वित्तीय सेवातर्पm बैङ्कहरू केन्द्रित हुनुपर्छ । ”
कार्यक्रममा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले स्वागत मन्तव्य राख्दै वेबिनारको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।
बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैङ्क लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी, हिमालयन बैङ्क लिमिटेडका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैङ्क लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैङ्कका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैङ्कका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशकुमार मालीलगायतले समसामयिक बैङ्किङ तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ–आफ्नो धारणा राख्नुभएको थियो । वेबिनारमा डेपुटी गभर्नर शिवराज श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
No comments:
Post a Comment