मंगला सिमेन्ट उद्योगमाथि कारबाही गर्न उपभोक्ताकर्मीकाे माग - pharaksandesh.com

मुख्य समाचार


Friday, 11 September 2020

मंगला सिमेन्ट उद्योगमाथि कारबाही गर्न उपभोक्ताकर्मीकाे माग

काठमाडौँ, २६ भदौ : मंगला सिमेन्ट उद्योगमाथि कारबाही गर्न उपभोक्ताकर्मीले माग गरेका छन् । गुणस्तर तथा नापतौल विभागबाट गुणस्तरको प्रमाणपत्र प्राप्त मंगला सिमेन्टले गुणस्तहिन कमसल सिमेन्ट उत्पादन तथा विक्रिवितरण गरेकाे भन्दै कारबाही गर्न उपभोक्ताकर्मीले माग गरेका हुन् ।

उक्त संस्थाले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै न्युन गुणस्तरको मंगला सिमेन्टमाथि कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारसँग माग गरेको हाे । गुणस्तर तथा नापतौल विभागबाट गुणस्तरको प्रमाणपत्र प्राप्त मंगला सिमेन्ट उद्योगको गुणस्तर चिन्ह खारेज गर्न र सो उद्योगलाई कानुन बमोजिम हदै सम्मको कारबाही गर्न कन्जुमर आई नेपालले सरकारसँग माग गरेको छ। 

काठमाडौं नगरपालिका निवासी अमर गोपाल श्रेष्ठले आफ्नो घर निर्माणका लागि गत असार ३२ गते ललितपुर सानेपास्थित एक डिपोबाट मंगला पीपीसी सिमेन्ट खरिद गरि घरमा प्रयोग गरेको र न्यून गुणस्तरको सिमेन्टका कारण निर्माण कार्य बिग्रिएको कन्जुमर आईद्धारा जारी वक्तव्यमा भनिएको छ । 

अनुसन्धानका क्रममा उक्त सिमेन्टले बजारमा गुणस्तरहिन सिमेन्ट उत्पादन गर्दै आएको र गुणस्तरीय भन्दै उपभोक्ता ठग्दै आएको पाइएको कन्जुमर आई नेपालले जनाएकाे छ ।  मंगला सिमेन्टले केहि समयअघिदेखि  नै बजारमा गुणस्तर हिन सिमेन्टलाई विक्रिवितरण गर्दै आएको र उपभोक्ता झुक्याएर अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेकाे कन्जुमर आई नेपालले जनाएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.