नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 September 2020

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

काठमाडौं, १८ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ः३० बजेबाट बालुवाटारमा शुरुभएको छ । यसअघि विहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार बैठक निर्धारित समयभन्दा आधाघण्टा ढिलो शुरुभयो । यसअघि गत शनिबार भदौ १३ गतेका लागि सचिवालय बैठक निर्धारण गरिएको थियो ।

आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने बताइएको छ । त्यस्तै, रिक्त राष्ट्रियसभा सदस्य पदमा सरकारका तर्फबाट नाम सिफारिसका विषयमा समेत छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

सचिवालय बैठक अघि दुई अध्यक्ष केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ बुधबार साँझ बालुवाटारमा बैठकको तयारी बारेमा छलफल भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.