काठमाडौँ, १८ भदौ : पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गरेकोमा १ हजार २ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा ३ सय ९४ जना महिला र ८ सय ३४ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ गरी ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा ९ सय १७ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार २ सय ७ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार ४ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ६ हजार ७ सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिइएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको मन्त्रालयले जनाकारी दिएको छ ।

No comments:
Post a Comment