पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी

काठमाडौँ, ३० भदौ : पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ६२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । आज कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १० हजार ३ सय ७५ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ८ लाख ६१ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा ५६ हजार ७ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज १ हजार ६२ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज १ हजार ६२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट ११ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ३७१ पुगेको छ । 

हाल, नेपालमा १५ हजार ७ सय ७९ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ७ हजार २ सय ५० जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.