सरकारका प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

सरकारका प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, ३० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिइएकाे छ ।  मन्त्री ज्ञवालीलाई मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने जिम्मेवारी तोकिएको छ ।

अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले राजीनामा दिएपछिका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएका थिएनन् । खतिवडाले सम्हाल्दै आएका मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हालिरहनुभएकाे छ ।

सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने गरेकोले नयाँ मन्त्री नियुक्त नहुँदासम्म उक्त जिम्मेवारी परराष्ट्रमन्त्रीलाई दिइएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.