काठमाडौँ, ३१ भदौ : पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ६८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरबाट १० हजार ४ सय ९४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ५ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार ६८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार ६८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।
आज कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर १७३ जनाको आइसियुमा र २६ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा १६ हजार २ सय ४२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ७ हजार ८ सय २० जना क्वरेण्टीनमा छन् ।

No comments:
Post a Comment