कोरोना सङ्क्रमित महिलाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 September 2020

कोरोना सङ्क्रमित महिलाको मृत्यु

कैलाली, ३१ भदौ : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पतालको भेन्टिलेटरमा राखेर प्लाज्माथेरापी विधिबाट उपचार भइरहेको बताइएको छ । सूचना अधिकारी श्रेष्ठले भन्नुभयो,“रेमडेसिविर औषधि समेत प्रयोग गरी सबै प्रयास गरिएपनि उहाँलाई बचाउन सकिएन ।” यही भदौ १७ गते कोरोना पुष्टि भई गम्भीर खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.