पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी - pharaksandesh.com

मुख्य समाचार


Thursday, 17 September 2020

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

काठमाडौँ, १ असोज : पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार २ सय ४३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । आज कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  नेपालमा हालसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५९ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार २ सय ४३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार २ सय ४३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज ४ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।  

मन्त्रालयका अनुसार देशभर १८२ जनाको आइसियुमा र ३९ जनाको भेण्टिलेटरमा उपाचार भइरहेको छ । हाल, नेपालमा १६ हजार २ सय ४१ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ७ हजार ८ सय ८३ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.