काठमाडौँ, १ असोज : काठमाडौँ उपत्यकामा ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी काठमाडौँ उपत्यकामा ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै चितवनमा १०१ जनासहित बागमती प्रदेशमा ७९५ जना र प्रदेश १ मा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४२८ जना महिला र ८१८ जना पुरुष छन् । नेपालमा हालसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५९ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमणबाट आज ३ महिला र १ पुरुष गरी ४ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । काठमाडौँमा १ जना पुरुष, मोरङ, चितवन र कैलालीमा एक एक जना महिलाकोे निधन भएको छ । स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार २ सय ४३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार २ सय ४३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार २ सय ४३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार २ सय ४३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । आज कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर १८२ जनाको आइसियुमा र ३९ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा १६ हजार २ सय ४१ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ७ हजार ८ सय ८३ जना क्वरेण्टीनमा छन् ।

No comments:
Post a Comment