एनसेलले ल्यायो आकर्षक ‘ननस्टप’ अफर - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 September 2020

एनसेलले ल्यायो आकर्षक ‘ननस्टप’ अफर

काठमाडाैँ, १९ भदौ : एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ ।

कम्पनीले आफ्नो अहिले सञ्चालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । ‘प्लस’ थिमअन्तर्गत ल्याइएका ननस्टप अफरहरु बिहीबार (भदौ १८ ) देखि सञ्चालनमा आएका छन् ।

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको बताइएको छ । यस आकर्षक योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सञ्चालन गरेपछि त्यस प्याकको समयसीमा बाँकी भएसम्म ननस्टप मजा लिन जनाइएको छ।

यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्ने भएका छन् । युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्युब प्याक पनि रहेको छ । 

त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनको समयसीमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र १५० रुपैयाँ (करसहित रु १९१.५४०) मा सञ्चालन गर्न सक्नेछन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटासहितको ननस्टप युट्युब प्याक ३६० (करसहित ४५९.६८० )रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.