योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 September 2020

योसिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री

टोकियो, ३१ भदौ :  जापानमा योसिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्नुभएको छ । यहाँको संसदले सुगालाई आज प्रधानमन्त्री चयन गरेको हो ।

निवर्तमान प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यका कारण राजिनामा दिएपछि सुगा नयाँ प्रधानमन्त्री बन्नुभएको हो ।

सुगा गत आइतबार सत्तारुढ दलको नेता चयन हुनुभएपछि प्रधानमन्त्रीको पद निश्चित प्राय: भएको थियो ।

उहाँ सिन्जो आबे नेतृत्वको मन्त्रिपरिषद्का मुख्य सचिव समेत हुनुहुन्थ्यो ।

जापानको तल्लो सदन डायटमा भएको मतदानमा ४६२ मध्ये उहाँले ३१४ मत प्राप्त गर्नुभएको थियो ।

नवनिर्वाचित प्रधानमन्त्री सुगालाई जापानको आर्थिक बृद्दिदर उकास्ने ठुलो चुनौति रहेको भएपनि उहाँले आवेको नीतिलाई नै अघि बढाउने बिष्लेषण गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.