भूकम्पले पर्वतमा एक घर भत्कियो - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 September 2020

भूकम्पले पर्वतमा एक घर भत्कियो

पर्वत, ३१ भदौ : बुधबार बिहान गएको भुकम्पका कारण कुश्मा नगरपालिका वडा नम्बर–१ स्थित तल्लो पाङमा एक घर भत्किएको छ । बुधबार बिहान ५ बजेर २० मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर गएको ६ रेक्टर स्केलको भुकम्पले स्थानीय नारायण सुवेदीको कच्ची घर भत्किएको हो ।

वर्षाका कारण गलेको जमिनमा भूकम्प जाँदा घरको माथिल्लो तलाको भित्ता भत्किएको र छेवैमा बाँधिएको गाईलाई पुरेको हो । पुरिएको गाईलाई भने तत्काल उद्धार गरिएको सुवेदीले जानकारी दिए ।

गत आइतबार राति भएको अविरल वर्षापछि उक्त घरको पछाडि पहिरो खसेर पानी थुनिएको थियो । त्यही पहिरो र पानीका कारण कमजोर बनेको अवस्थामा भूकम्पको धक्का पर्दा घर भत्किएको सुवेदीले बताए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.