चीनले लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थालेको भारतकाे दाबी - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

चीनले लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थालेको भारतकाे दाबी

काठमाडाैँ, ३० भदौ : चीनले आफूसँगकाे सीमा क्षेत्र लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थालेको भारतले दाबी गरेको छ । 

लद्दाखमा भइरहेको तनाव कम गर्ने विषयमा भारत र चीनका परराष्ट्रमन्त्रीबीच रुसमा वार्ता भइरहेका बेला चीनले लद्दाखसम्म अप्टिकल फाइबर बिछ्याउने कामलाई तीव्रता दिएको बेलायती पत्रिका टेलिग्राफलाई उदृत गर्दै भारतीय अधिकारीहरुले बताएका छन् ।

लद्दाखको सीमा क्षेत्रमा खटिएका सैनिकसँग भरपर्दो सम्पर्कको लागि चीनले अप्टिकल फाइबर बिछ्याउन थालेको बीबीसीले जनाएको छ । लद्दाखको मुख्य क्षेत्रभन्दा ७० किलोमिटरभित्रको उपत्यकामा भारतका र चीनका हजारौँ सैनिक ट्याङ्क र लडाकु जहाजसहित गस्तीमा छन् । 

त्यहाँ भरपर्दो सञ्चार सेवा नहुँदा समस्या भइरहेको खबरमा उल्लेख छ । पछिल्लो समय भारत र चीनबीच लद्दाख क्षेत्रमा तनाव भइरहेको छ । गएको जुनमा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएपछि तनाव बढ्दै गएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.