उपत्यका भित्रनेहरुको चाप बढेसँगै संक्रमणको थप त्रास - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

उपत्यका भित्रनेहरुको चाप बढेसँगै संक्रमणको थप त्रास

धादिङ, ३० भदौ : उपत्यका लगायत देशका प्रमुख शहरहरुमा निषेधाज्ञा केही खुकुलो बनाएसँगै राजधानी प्रवेशका लागि आउने मानिसहरुको संख्या पनि विस्तारै बढेको छ।

मानिसहरु साना र दुई पाङ्ग्रे सवारीको प्रयोग गरी राजधानी काठमाण्डौ प्रवेशका लागि निकैको संख्यामा आउने गरेकाछन् । तर उनीहरुले नाका प्रवेशमा सास्ती भने बेहोर्नु परेको छ।

राजधानी काठमाण्डौ लगायत उपत्यकाका शहरहरुमा कोरोनाको संक्रमण बढ्दै गएका कारण प्रहरीले नाकामा कडाइ गरेको भएपनि साना सवारी साधनहरु भित्रने क्रम बढ्दै गएको हो।

बैंक तथा वित्तीय संस्था लगायत अन्य सेवामा कार्यरत कर्मचारीहरु पनि कामका उपत्यका बाहिरबाछ भित्रनु पर्ने भएकोले नाकामा केही भिड बढेको देखिन्छ ।

पर्वहरु नजिकिँदै गएका कराण खाद्यान्न लगायत अत्यावश्यक बस्तु बोकेका मालवाहक सवारीका साधनहरु पनि राजमार्गमा गत हप्ता भन्दा धेरै गुड्न थालेका छन्।

अब झन ‌ओहर दोहोर गर्ने क्रम बृद्धि हुने भएपछि पर्वका लागि मालसामान बोकेर उपत्यका प्रवेश गर्ने सवारीलाई राजमार्गमा कसरी ब्यवस्थित गर्न सकिन्छ भनेर प्रहरीले विशेष कार्ययोजना ल्याउने तयारी पनि गरेको छ ।

भारत र तराईका जिल्लाहरुबाट आएका सवारी साधनहरुका कारण राजमार्ग लगायत अन्य स्थानमा बसोवास गर्नेहरुलाई संक्रमण नहोस् भन्दै प्रहरीले त्यस्तालाई थप कडाइ गर्ने भनेको छ ।

यसका लागि आवाश्यक परेको खण्डमा सवारीका साधनहरुलाई स्कटिङ्ग गरी निश्चित स्थान बाहेक कतै नरोक्ने ब्यवस्था पनि लागु गर्न सकिने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.