सैलुन खोल्न पाउनुपर्ने माग गर्दै प्रदर्शन - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

सैलुन खोल्न पाउनुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौं, ३० भदौ : सैलुन व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन गरेका छन् । लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गर्दै देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन्।

समितिले नाइ श्रमिकलाई लकडाउन अवधिभरको राहतको व्यवस्था गर्नुपर्ने, बैंकको ब्याजदर मिनाहा हुनुपर्ने, पसल तथा कोठा भाडा मिनाहा हुनुपर्ने, नाई श्रमिकलाई निःशुल्क पीपीई सेट दिनुपर्ने, नाई श्रमिकको ५० लाख बराबरको जीवन बीमा गरिदिनुपर्नेलगायतका माग राखेका छन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.