क्लवबको आज काँकरभिट्टामा सम्पन्न अधिवेशनले दुई बर्षे कार्यकालका लागि लक्ष्मी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शिशिर चम्लागाई, सचिवमा जिआर धिताल, कोषाध्यक्षमा रीता दाहाल र सहसचिवमा भूमिका लिम्बु फियाक चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा प्रकाश पौडेल, विकास देवकोटा, युवराज आचार्य, किशोर उपरकोटी, खगेन्द्र घिमिरे, हेमन्त निरौला, माया लामिछाने, हरिकृष्ण भण्डारी, दिलिप थापा र उमेश खतिवडा चुनिएका छन् ।
सो अवसरमा क्लवले मेचीनगरलाई कार्यक्षेत्र बनाएर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका पत्रकार जिएन शर्मालाई ११हजार एक सय ११ रुपैयाँ राशिको मेचीनगर पत्रकारिता पुरस्कार र नवोदित पत्रकार खगेन्द्र घिमिरेलाई पाँच हजार पाँच सय ५५रुपैयाँ राशिको मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पुरस्कृत पत्रकारद्धयलाई सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।
त्यस्तै कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगर प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकीलगायतले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

No comments:
Post a Comment