छैन अब केही आश पनि
ढलि सकेको छ मेरो जिन्दगी
लाग्छ छैन बाँकी केही शास पनि
गर्छु म संघर्ष गर्न पनि डराउदिन
भनि गर्व खाेज्दा खै केही पाउँदिन
साेच्छु विहानीकाे मिर्मिरे सँगै
ढल्दै जान्छ दिन अनि गल्दै जान्छु म पनि
नयाँ दिनकाे नयाँ जाेश सँगै
थाेरै मुस्कुराउने काेशिस मेराे
पाउँदिन केही बहाना पनि
ढल्दै जान्छ दिन अनि गल्दै जान्छु म पनि
आँखाभरि आँशु भए पनि
ओठमा मुस्कान ल्याउने काेशिस मेराे
जारी छन् जिन्दगीमा गर्नै पर्ने संघर्ष पनि
जति सुकै चलाउ जाेश म हारिसकेकाे जिन्दगी मेराे
छैन केही सपनाहरु पनि
सबै चकनापचुर भई फुटिसके
साँचेका केही रहरहरु पनि
नयनका ती आँशुसँग बगिसके
सुनु आचार्य
२०७७ असोज
No comments:
Post a Comment