मु्म्बईका अस्पतालहरुमा कोरोनाका बिरामीले भरिएपछि अक्सिजनको अभाव - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

मु्म्बईका अस्पतालहरुमा कोरोनाका बिरामीले भरिएपछि अक्सिजनको अभाव

काठमाडौं, ३० भदौ : भारतको व्यापारिक राजधानी मुम्बईका अस्पतालहरु कोरोनाका विरामीहरुले भरिएपछि अक्सिजनको अभाव हुन थालेको छ ।

कोरोनाबाट संक्रमितहरुमा श्वास प्रश्वासको समस्या हुने हुँदा उनीहरुका लागि अक्सिजन अनिवार्य आवश्यकता हो । मुम्बईको एउटा ५० श्ययाको अस्पतालमा ४४ श्यया कोरानाका विरामीले भरिएका छन् । यो एउटा उदाहरण मात्रै हो ।

भारतका अधिकांश अस्पतालको हालत अहिले यस्तै छ । आवश्यकताको आधा मात्रै आपूर्ति हुँदा अस्पताल आएका विरामीहरुले पनि अक्सिजनका लागि संघर्ष गर्नुपर्ने अवस्था छ ।

भारतमा एकै दिनमा ९६ हजारसम्म कोरोनाबाट संक्रमित हुने गरेका छन् । दैनिक संक्रमण दर उच्च रहेकाले पनि अस्पतालमा अक्सिजनको अभाव हुने गरेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड-१९ का विरामी मध्ये करिव १५ प्रतिशतलाई स्वास प्रस्वासका लागि अक्सिजनको आवश्कता पर्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.