क्यालिफोर्नियाको वनमा लागेको डढेलोमा परी हालसम्म ३५ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

क्यालिफोर्नियाको वनमा लागेको डढेलोमा परी हालसम्म ३५ जनाको मृत्यु

क्यालिफोर्निया, ३० भदौ : अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको वन डढेलोमा परी ३५ जनाको मृत्यु भइसकेको छ । डढेलो फैलिएर ओरेगन र वासिङ्टन राज्यलाई समेत असर पुगेको छ ।

डढेलोका कारण २० लाख हेक्टर भूभाग जलेर नष्ट भएको छ । आगलागीबाट क्षतिग्रस्त क्यालिफोर्निया राज्यको भ्रमण गर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीलाई गम्भीरतापूर्वक नलिएको भन्दै आलोचना गरिएको छ ।

राष्ट्रपति ट्रम्पले खराब वन व्यवस्थापन आगलागीको कारण भएको आरोप लगाउनु भएको छ । आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेनले राष्ट्रपति ट्रम्पको कडा आलोचना गर्दै पर्यावरण विरोधीका रुपमा चर्चा गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.