धरान, २६ भदौ : धरानमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । पछिल्लाे परीक्षण विवरण अनुसार संक्रमित हुनेमा इलाका प्रहरी कार्यालयका ५ जना थुनुवा र ४ जना प्रहरीसमेत छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार २९, २४, ३४, ३५, ४६ बर्षीय थुनुवा र इलाका प्रहरी कार्यालयमा कार्यरत सई र ३ जना प्रहरी जवानमा संक्रमित भएका छन् ।
यस्तै धरान ७ मा ब्रिटिश लाहुरे तालिम केन्द्रका २०, १९, २३ र २० बर्षका युवामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य महाशाखाका प्रमुख मेहताले बताउनुभयाे ।
उता धरान-१५ का ४३ बर्षीय पुरुष, धरान-११ की ४४ बर्षीय महिला, धरान-४ का ३० बर्षीय परुष, धरान-६ की २७ बर्षीय महिला, धरान-१३ का ४३ बर्षीय परुष, धरान-१९ का भारतबाट आएका श्रीमान २९ बर्षीय र श्रीमती २४ बर्षीया, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना सफाईकर्मीमा कोरोना पुष्टि भएको छ ।

No comments:
Post a Comment