काठमाडौँ, २६ भदौ : नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । शुक्रबार बिहान ११.३० बजेपछि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पार्नुभएकाे प्रस्तावमाथि छलफल भइरहेको हाे।
बैठक सुरु भएको केहीबेर आफ्नो कुरा राखेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट निस्किनुभएकाे छ । अर्का अध्यक्ष दाहाललाई बैठक चलाउने जिम्मा दिएर ओली बाहिरिनुभएकाे एक नेताले जानकारी दिनुभयाे ।
विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो । अध्यक्षद्वयको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल र उहाँ निकट नेताका भने केही असन्तुष्टि छन् । यद्यपि बैठक शुक्रबार नै टुंग्याउने स्राेतले बताएकाे छ ।

No comments:
Post a Comment