गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ, ३० भदौ : गण्डकी प्रदेशमा ५१ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा प्रदेशका ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १३ जना, तनहुँका ९ जना, कास्कीका ५ जना, गोरखाका २ जना, लमजुङ र मनाङका एक एकजना रहेका छन् ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार एक सय १६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.