पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी - pharaksandesh.com

मुख्य समाचार


Sunday, 13 September 2020

पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी

काठमाडाैँ, २७ भदौ : पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार १ सय ७३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।  

स्वास्थ्य मन्त्रालयमा अनुसार आज ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म ८ लाख ४० हजार ५  सय २७ जनाको पीसीआर परीक्षण गरिएकोमा ५४ हजार १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १ सय ७३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज १ हजार १ सय ७३  जना कोरोना संक्रमबाट मुक्त भएसँगै कोरोना संक्रबाट मुक्त भई घर फर्किनेको संख्या ३८ हजार ६  सय ९७ पुगेको छ ।

आज कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे स‌ंख्या ३४५ पुगेकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.