काठमाडौंमा मात्रै कोरोनाबाट ६ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday, 13 September 2020

काठमाडौंमा मात्रै कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं, २८ भदौ : देशभर पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना काठमाडौंका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ पुरुष र २ महिला, मोरङमा एक पुरुष, सिन्धुपाल्चोकमा एक पुरुष र कास्कीमा एकजना महिलाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६४ प्रतिशतको ज्यान गएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.