कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

पर्सा, ३० भदौ : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्युहुनेमा बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् । 

उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहले जनाकारी दिनुभयो । सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा सिंहले जानकारी दिनुभयो । शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.