काठमाडौं, २४ भदौ : कास्कीमा कोरोना सङ्क्रमणका कारण थप एक जना महिलाको मृत्यु भएको छ । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण पोखरामा एक महिलाको मृत्यु भएको हाे ।
पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीया महिलाको कोरोना भाइरसको सङ्क्रमण भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.अर्जुन आचार्यले जानकारी दिनुभयो ।
हिजो अपरान्ह थप १ जनाको मृत्यु भएसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मात्रै कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणका कारण २१ जनाको मृत्यु भइसकेको छ ।

No comments:
Post a Comment