काठमाडौं, २४ भदौ : चितवनमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्धको मृत्यु भएको हाे।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि खोकीसहित श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना गरिएका उनको उपचारका क्रममा हिजो साँझ कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
चितवनको भरतपुर अस्पतालमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । मृत्यु भएका मध्ये चितवनका मात्र १२ जना रहेका छन् ।

No comments:
Post a Comment