सौरहाका होटल आजदेखि सञ्चालन हुँदै - pharaksandesh.com

मुख्य समाचार


Thursday, 17 September 2020

सौरहाका होटल आजदेखि सञ्चालन हुँदै

चितवन, १ असाेज : लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल आजदेखि सञ्चालनमा आउने भएका छन् ।

सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै स्थानीय व्यवसायीहरुले होटेल संचालनको तयारी थालेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराइले अनुसार कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालिएको जानकारी दिनुभयो ।

होटल मात्र खुलेर नहुने भन्दै उहाँले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि आग्रह गरिएको पनि बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.