मेरो विश्वास : सविता बस्नेत दानी - pharaksandesh.com

मुख्य समाचार


Thursday, 17 September 2020

मेरो विश्वास : सविता बस्नेत दानी

तिम्रा ती निश्चल हाँसोको खित्काले
गुन्जने यो विद्धया मन्दिर, 
निस्तब्ध छ, सुनसान छ आज,
तिमीले तछाडमछाड गर्दै खेल्ने पिङ
आज एक्लै हावाको झोक्काले मच्चिरहेको छ,
ती चिप्लेटी, ढिकिच्याउ अनि हात्ती घोडा
आज सबै एक्लै, एक्ल‌ै छन्,
तिम्रा ती साना पाउले उफ्रने खेल मैदान
आज लमतन्न सुतिरहेको छ, तिमीलाई सम्झिरहेको छ
सम्झन्छु ती कक्षा कोठा, 
जहाँ,
सधै तिम्रा तोते बोलि गुन्जिरहन्थ्यो,
आज एक्लै टोलाइ रहेछ,
लाग्छ,
तिम्रा कोमल हातले समातेका कलमले 
तिम्रो स्पर्श पर्खि रहेछ 
ती किताब, कापी अनि बोर्ड जस्मा अक्षर कुंदिन्थे
ती बेन्च, कार्पेट जहाँ तिमी र म लुकामारी गर्थ्यौ 
आज धुलै धुलो जमेको छ, ढुसि पलाएको छ 
उफ् ..... 
सबै ठप्प, 
सुनसान, 
उजाड, 
निरस !
साँच्चै कति नरमाइलो ! तिम्रो स्कुल,
एक्लै एक्लै कसैलाई टोलाइरहेको छ,हाम्रो स्कुल,
म देख्छु, आज तिमीलाई 
स्कुलका हरेक कुना कुनाले हेरिरहेकोछ,
यो विद्याको मन्दिरको
प्रत्येक सामाग्रीले तिमीलाई खोजि रहेकोछ 
हुन त,
तिमीले पनि हरेक दिन सम्झन्छौ अरे, 
ती सानासाना 
औंला भाँचि भाँचि, 
स्कुल जाने दिन गन्छौ अरे, 
तिमी पनि व्याकुल छौ रे,
अब त अबश्य पुनर्मिलन हुन्छ हाम्रो, 
अनि तिमी र म
हामी सँगै, सधैँ
फेरि ती पिङ र चिप्लेटी अनि ढिकिच्याउ खेल्ने छौं,
भविश्यको हाम्रो ठेला एकार्काले ठेल्ने छौं,
कलम कपि, किताब, 
बेन्च डेक्स बोर्ड फेरि मुसुक्क हाँस्ने छन् ,
यो कहाली लाग्दो लामो रात पछी, 
एक दिन त अवश्य आउने छ,
हाम्रो एक्लो भवनले,
आफ्नो ढुकढुकि पाँउने छ,
र हामी पनि त्यसैमा रमाउने छौ
मेरो बिश्वास छ अब हामी छिट्टै भेट्ने छौ
छिट्टै माया साट्ने छौ

भिडियाे हेर्नुहाेस् :

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.