पहिरोले घर पुरियो, दुई बालकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Saturday, 12 September 2020

पहिरोले घर पुरियो, दुई बालकको मृत्यु

रोल्पा, २७ भदौ : रोल्पाको लुङग्री गाउँपालिका-१ पाँङ ऐपेमा गएराति पहिरोले घर पुरिंदा दुई जना बालकको मृत्यु भएको छ ।

अबिरल बर्षातका कारण घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिदा ज्ञानसिंह घर्ती मगरका ११ बर्षिय छोरा युबराज र ८ बर्षिय छोरा अमरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हजुरबुवा, हजुरआमा र आमा सहित पाँच जना सुतेका मध्ये ३ जनाको अवस्था सामान्य रहेको छ । 

मृतक बालकका बुवा भने रोजगारीका लागि भारतमा रहेको लुङग्री गाउँपालिका १ का वडाध्यक्ष मोती पुनले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.