कोशी अस्पताललाई मेसिन हस्तान्तरण - pharaksandesh.com

मुख्य समाचार


Saturday, 12 September 2020

कोशी अस्पताललाई मेसिन हस्तान्तरण

विराटनगर,२७ भदौ : विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गर्नुभयो ।

निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य रु। ३२ लाख रहेको सोही अवसरमा जानकारी दिइयो ।

यसले धेरैजानाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो । मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ । महानगरले यसअघि एक थान पिसिआर मेसिन अस्पताललाई प्रदान गरेको छ । महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउनेछन् भन्नुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.