पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ७ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 30 September 2020

पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ७ जनाको मृत्यु


काठमाडौँ, १४ असाेज :
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १० लाख २१ हजार ५ सय ३ जनाको पीसीआर परीक्षण गरिएकोमा ७७ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ गरी काठमाडौँ उपत्यकामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट आज काठमाडौँमा दुई महिला र एक पुरुष, सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीमा एक एक पुरुष गरी ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार ५७ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार ५७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २०१ जनाको आइसियुमा र ३० जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा २० हजार ८ सय ९१ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ५ हजार ४ सय २८ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.