काठमाडौंका २४ ठाउँमा ट्राफिक लाइट - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 September 2020

काठमाडौंका २४ ठाउँमा ट्राफिक लाइट

काठमाडौं, ३१ भदौ : काठमाडौंको २४ वटा स्थानमा ट्राफिक लाइटको व्यवस्था गरिएको छ ।

कमलपोखरीको ल्होत्से चोक र भाटभटेनी चोकमा ट्राफिक लाइट राखिएसँगै थप २४ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आएको हो । स्थानीय सरकारको सहयोगमा सवारी आवागमनलाई व्यवस्थित र सहज बनाउने उदेश्यले सेमी पोटेबल ट्राफिक लाइटको व्यवस्था गरिएको महानगरिय ट्राफिक कार्यालय परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रविधिमैत्री ट्राफिक लाइटले ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ । काठमाडौंको बानेश्वर ,कालीमाटी लगायतका २२ स्थानमा यसअघि नै लाइट सञ्चालनमा आइसेकको महाशाखाले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.