महिला हिंसाका घटनामा वृद्धि - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 September 2020

महिला हिंसाका घटनामा वृद्धि

धादिङ, ३० भदौ : जिल्लामा बालिका र महिलामाथि हुने हिंसाका घटना बढिरहेका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका २३, हाडनाता करणीका दुई , जबर्जस्ती करणी उद्योगका १३ र बालयौन दुरुपयोगका दुई वटा घटना दर्ता भएका थिए । 

कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी उपरीक्षक जयन्ती थापाले महिलामाथि हुने सबैप्रकारका हिंसा न्युनिकरण गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट समस्यामा परेका महिलालाई सहयोग हुँदै आएको जनाइएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.